अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची । यहाँका तिन ठुला राजनीतिक दल र केहि साना दलहरुले निर्वाचनमा लागेको खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । नेपाली कांग्रेस, एमाले, एमाओवादी, राप्रपा, राष्ट्रिय जनमोर्चा, परिवार दल, मजदुर किसान पार्टी, नेकपा मालेले निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका हुन् ।
जिल्लाका केहि साना दलहरुले अझै निर्वाचन खर्च बुझाएका छैनन् । नेपाली कांग्रेस क्षेत्र नं. १ का उम्मेदवार डा रामबहादुर विसीले ९ लाख ९५ हजार ८ सय एमाले उम्मेदवार नरेन्द्रकुमार क्षेत्रीले ८ लाख ५० हजार ४ सय ७१, एमाओवादीका विजयी उम्मेदवार टोपबहादुर रायमाझीले ९ लाख ९७ हजार रुपौयाँ खर्च गरेका छन् । उनले सबै भन्दा वढि खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । राप्रपाका अमरबहादुर थापाले ३ लाख ३२ हजार ५ सय ६०, राष्ट्रिय जनमोर्चाका सन्तबहादुर नेपालीले ५ लाख ४२ हजार ३ सय ४० रुपैयाँ खर्च गरेको बताइएको छ ।
यस्तै क्षेत्र नं. २ मा नेपाली कांग्रसकी पुष्पा भुसालले ७ लाख ७५ हजार ५ सय, नेकपा एमालेका डा दुमन थापाले ९ लाख २ हजार, एकिकृत माओवादीका विष्णुहरि शर्माले ९ लाख ८५ हजार ५ सय, राप्रपाका देवीबहादुर खडकाले ३ लाख ६५ हजार, राष्ट्रिय जनमोर्चाका शेरबहादुर विसीले ५ लाख ५६ हजार १ सय ४०, नेकपा मालेका इन्द्रबहादुर रेस्मीले १ लाख ८३ हजार ५ सय र मजदु किसान पार्टीका रामचन्द्र श्रेष्ठले १५ हजार खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । मजदुर किसान पार्टीका श्रेष्ठले सबै भन्दा थोरै खर्च गरेको पाइएको छ ।
खर्च नबुझाउँनेहरुमा दुई स्वतन्त्र राप्रपा नेपालका क्षेत्र नं. १ का वीरेन्द्र सेन, क्षेत्र नं. २ की उम्मेदवार सावित्रा चुँदाली जनयुनिटि कोअपरेटिभ पार्टीका क्षेत्र नं. १ उम्मेदवार प्रेम खडका, संघिय समाजवादी पार्टीका क्षेत्र नं. २ का उम्मेदवार नेत्र बहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका क्षेत्र नं. १ का मधुबहादुर शारु जनमुक्तिकै २ नंं. क्षेत्रका इन्द्रबहादुर गेलाङ्ग, स्वतन्त्र उम्मेदवारहरु नारायण बेल्वासे र भोजराज दमासे रहेका निर्वाचन कार्यलयका प्रमुख महेश पाण्डेले जानकारी दिए ।
निर्वाचन सम्पन्न भएको ३५ दिन भित्रै खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्ने प्रावधान रहेपनि साना केहि दलले अटेर गरेका छन् । खर्च विवरण नबुझाउँने दललाई कारवाहीको दायरामा ल्याइने निर्वाचन कार्यालयले जनाएको छ ।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।