अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची । जुम्लाबाट शरुवा भएर अर्घाखाँचीमा आएका प्रहरी नायव उपरिक्षक दिपेन्द्र जिसीले जिल्लामा शान्ति सुरक्षाको अबस्था मजवुत राख्ने प्रतिवद्धता जनाएका छन् । उनले आफूले कुनै अप्रिय घटना घटन दिने बताउँलै जिल्लामा अपराध नियन्त्रण गर्न आफ्नो तर्फबाट अधिकतम पहल हुने बताए ।
जिल्लाका राजनीतक दल, नागरिक समाज र पत्रकारहरुसँग एकमुष्ट परिचय गर्दै जिसीले प्रहरीलाई सूचनाको आवश्यक पर्ने भएकाले जनताले सहि सूचना दिए अपराध नियन्त्रण गर्न गाह्रो नहुने बताए । मैले जिल्लामा रहँदा केहि उदारणिय काम गरेर देखाउँने छु, यसका लागि सबै क्षेत्रबाट सहयोग रहनुपर्छ,उनले भने । प्रनाउ जिसीले जनता र प्रहरीबीच सधै सुमधुर सम्वन्ध कायम भएमा मात्र काम गर्न सजिलो हुने बताए । उनले दलका नेताहरु सँग अपराधमा संलग्न आफ्ना कार्यक्रताहरुलाई संरक्षण नगर्न आग्रह समेत गरे । मैले कुनै दलको दवावमा परेर अपराधिलाई उन्मुक्ति दिदैन, जिसीले भने, अपराध गर्नेलाई कारवाहीको दायरामा लिएरै छाड्छु । कार्यक्रमका सहभागिहरुले जिल्लामा शान्ति सुरक्षाको अबस्था सनतोषजनक रहेका भन्दै यसलाई कायम राख्नुपर्नेमा जोड दिए ।
उनीहरुले जिल्लाको नरपानी गाविसमा स्थानियलाई असर पर्ने गरि उत्खनन् गरिएको चुनढुङ्गा खानी स्थानियले विरोध जनाएपछि बन्द भएको जनकारी गराउँदै जवरजस्ती फेरी खुलाउँने प्रयत्न भइरहेको बताए । नेकपा एमालेका उपसचिव प्रमनारायण गैरेले चुनढुङ्गा उत्खनन गर्दा स्थानिय जनतालाई कुनै हित नभएको बताए । फेरी जवरजस्ती खुलाउँने काम भइरहेको छ उनले भने, जनताका हित विपरित उत्खनन् गरे द्वन्द्व उत्पन्न हुन सक्छ, बेलैमा सजक हुनु आवश्यक छ । एमाओवादीका जिल्ला संयोजक गोविन्द केसीले चुनढुङ्गा खुलाउँने बन्द गर्ने प्रहरीको काम नभएपनि त्यसले निम्त्याउँने द्वन्द्व समाधानमा प्रहरीकै संलग्नता रहेने भएकाले चनाखो हुनुपर्ने बताए । नेकपा माओवादीका केन्द्रिय सदस्य भेषराज भुसालले प्रहरीले टिम स्पिडलाई वढाउँनुपर्ने सुझाब व्यक्त गरे । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसीले ट्राफिक प्रहरीको कामलाई प्रभावकारी गराउँनुपर्ने बताए । दुर्घटना न्यूनिकरणमा ट्राफिक प्रहरीको ठुला भूमिका हुन्छ उनले भने, छतमा बसेर यात्रा गर्दा दुर्घटना वढिरहेका छन