संसद सचिवालयले संविधान सभाको पहिलो बैठकमा भाग लिन निम्तो दिँदै आइत्बार सभासदहरुलाई पत्र पठाउँदैछ ।
संसद सचिवालयका महासचिव मनोहर भट्टराईले ५ सय ७५ जना सभासदलाई पत्र पठाउने प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार पत्र छापेर बेलुकीसम्म पठाउने तयारी भएको छ । संसद सचिवालयले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले तोकेको मिति माघ ८ गते दिउँसो तीन बजे बैठकमा उपस्थित हुन चिठी लेख्नेछ । संविधानसभामा ३० दलको प्रतिनिधित्व छ ।
संविधानसभाको पहिलो बैठक राष्ट्रप्रमुख वा सरकार प्रमुख कसले बोलाउने भन्ने लामो विवादकाबीच शनिबार सरकार प्रमुखले बैठक आह्वान गर्नुभएको थियो । तर यस सम्बन्धी मुद्दा भने सर्वोच्च अदालतमा विचाराधीन छ र सोमबार सुनुवाई हुँदैछ ।