काठमाडौं । संविधान सभाको पहिलो बैठक कसले बोलाउने भन्ने बिबाद अन्त्य भई संविधान सभाको बैठक आह्वान भएसंगै संसद सचिवालयले आफ्नो तयारी तिब्र पारेको छ ।
बैठकमा सहभागी हुन सभासदहरुलाई निमन्त्रणा पठाइसकिएको छ भने संविधानसभा भवन बानेश्वर र संसद सचिवालयमा आवश्यक व्यवस्थापन मिलाउने काम पनि धमाधम हुन थालेको छ । RSS