सरकारले देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र सौर्य ऊर्जा प्रणाली जडान गर्ने

काठमाडौं । सरकारले देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र सौर्य ऊर्जा प्रणाली जडान गर्ने तयारी गरेको छ । अत्यासलाग्दो लोडसेडिङका कारण सिंहदबारभित्रका महत्वपूर्ण कार्यालयको दैनिक कामकारबाही प्रभावित भएको भन्दै सरकारले त्यहाँ रहेका सबै कार्यालय र सिंहदरबार परिसरमा सौर्य उर्जा राख्ने तयारी गरेको हो । 
सञ्चार मन्त्रालयमा आज आयोजित विभिन्न मन्त्रालयका प्रवक्ता र पत्रकारको भेटघाटमा उर्जा मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीले चिनियाँ सरकारको सहयोगमा सिंहदबारमा सौर्य विद्युतीकरण गर्न लागिएको बताए ।
अहिले सिंहदबारभित्रका विभिन्न मन्त्रालय, कार्यालय लगायतमा ३ मेगावट विद्युत आवश्यक पर्ने र त्यसको अध्ययनका लागि चिनियाँ टोलीसँग माघ ४ गते वार्ता हुने अधिकारीले बताए । 
सिंहबादरमा जडान गरिने सौर्य प्रणालीबाट उत्पादित हुने विद्युत बढी भएमा त्यसलाई विद्युत लाइनमा पठाउने गरी तयारी भैरहेको जनाइएको छ । 
पत्रकार सम्मेलनमा झण्डै आधा दर्जन मन्त्रालयहरुले पछिल्लो समयमा गरेका कामको विवरण प्रस्तुत गरिएको थियो ।
IMAGECHANNEL