चालिस चलचित्र को नाम बाट कविता

बाबु रोका मगर”अपरिचित” 
असुरकोट-९, जोगिटारी, अर्घाखाँची
‘तिम्रो माया उनान्सय मेरो माया सय’
‘हाँसी देउ एक फेर’ तिमीलाइ मेरो माया भए |  
‘दिल’ को ‘ढुकढुकी’ तिमी ‘जीन्दगानी’ ‘घाम छाँया’ 
‘युग देखि युग सम्म’ संगै बाँच्ने छु भएर तिम्रो ‘भरिया’ |
तिमीलाई ‘गाउँले’ जीबन ‘मन’ नपरे ‘शहर’ पसौला 
‘बुबाआमा’ ले ‘धनसम्पत्ति’ नदिए ‘अधिकार’ खोजौला |
‘लोफ़र’ अनि ‘आवारा’ होइन म दिनहु ‘मालतीको भट्टी’ धाउने  
‘लाहुरे’ हुँ ‘गोर्खापल्टन’ को सोचेको छु तिमीलाई ‘आफ्नो मान्छे’ बनाउने |
‘प्रतीक्षा’ गरे मैले धेरै ‘चोखोमाया’ लाउन 
‘समय’ नै ‘बर्वाद’ गरे मैले तिमीलाई पाउन | 
च्याटिंग गर्दै कुरा गर्थ्यौ हामि ‘फेसबुकमा’
साथ दिउला एक अर्कोलाई भन्दै ‘सुख दुख’ मा |
‘मायाको जाल’ मा फसेर कुनै ‘भूल’ गरे की ?
‘डर’ लाग्छ यताकता कुनै ‘अपराध’ गरे की ?
छोटो-छोटो लुगा लगाएर हिडछ्यौ ‘सडक’ मा रेखा हौ की ‘काली’ ?
दिन सकेन तिमीलाई ‘सुनचाँदी’ ‘फस्ट लव स्टोरी’ हो मेरो राख ‘हिफाजत’ गरी |        
‘दुइ मुटु को टक्कर’ ले ‘चट्टान’ तोडौला
‘छोडी गए पाप लाग्ला’ ‘सम्झना’ भए ‘फेरी भेटौला’ |