अर्जुन भुसाल
खाँची भगवती मन्दिर, अर्घाखाँची । धार्मिक एवं पर्यटकीय दृष्टिले नजिक रहेको खाँची भगवती मन्दिर एव ऐतिहासिक दरवारलाई पर्यटकीय स्थल बनाउँने उद्देश्यले स्थानिय यसको संरक्षणमा जुटेका छन् ।
खाँची भगवती मन्दिर एव ऐतिहासिक दरवार । – अर्जुन भुसाल
खाँचीकोट गाविस वाड नं. १ मा अवस्थित यस मन्दिरमा वाह्य तथा आन्तरीक पर्यटकको उपस्थिति गराउँनका लागि स्थानियले मन्दिरको संरक्षण र प्रचारप्रसारमा लागेका हुन । उनीहरुले गत वर्ष १४ लाखको लागतमा सडक बाट मन्दिर सम्म पुग्न सिडि निर्माण र स्वागत गेट पनि निर्माण गरेका छन् ।
अहिले पनि यस क्षेत्रको विकासका लागि ८ लाख रुपैयाँ पर्यटन मन्त्रालयबाट विनियोजित भएको छ । स्थानिय शिक्षक डिल्ली थापाले राष्ट्रिय देखि अन्तराष्ट्रिय स्तर सम्म यस क्षेत्रको प्रचार गर्ने बताए । हामीले अहिले यस क्षेत्रको संरक्षणमा जुटेका छौ, उनले भने, प्रचारप्रसार गर्न सके यहाँको एतिहासक महत्वका बारेमा धेरैलाई जानकारी हुन्छ । यो बाइसे, चौविसे राजाले राज गरेको स्थान हो । पृथ्वीनारायण शाहका मामाले यहाँ राज गरेको जिल्लावासी बताउँछन् । जिल्लामा दुइ ठाउँमा त्यतीबेलाका राजाले राज गरेका थिए । अर्घा र खाँचीमा राजाहरु बसेको थिए । यि दुइ ठाउँका राजाबीच बेलाबेलामा झगडा पर्ने जानकारहरु बताउँछन् ।
उनीहरुले पछि मेलमिलापको बताववरण सिर्जना गरेर अहिले सदरमुकाम भएको स्थानमा आएर सन्धि गरेकाले त्यहाँको नाम सन्धिखर्क भएको थियो । अर्घा र खाँचीका राजाबीच एकआपसमा मेलमिलाम भएपछि दुइ राज्यको नाम जोडि जिल्लाको नामनै अर्घाखाँची भएको थियो । यहाँ बाइसे चौविसे राजाले राज्य गरेको ठाउँ भएकाले पनि यस क्षेत्रको महत्व रहेको शिक्षक थापाले बताए । यहाँ पृथ्वीनारायण शाहको मावली गाउँ भएकाले पनि यस क्षेत्रको महत्व वढि रहेको उनी बताउँछन् । पृथ्वी नारायण शाह बेलाबेलामा यहाँ आएर जाने गरेकाले पनि त्यती बेला पनि यो राज्यको महत्व रहेको स्थानियको भनाइ छ ।
यहाँका पहिला राजा हमवीर शाह र दुर्गाभाजन शाह अन्तिम राजा रहेको उनले जानकारी दिए । पृथ्वीनारायण शाहले मावली गाउँ आएकै बेला नेपाल एकिकरणको योजना बनाएको पनि धेरैको भनाई छ । पृथ्वीनारायण शाहले यहाँ आउँदा आफ्नी माइजुले दिएको सल्लाह अनुसार नेपाल एकीकरणको योजना बनाउँनु भएको होरे, त्यसैले पनि यहाँको महत्व अरु राज्यको भन्दा वढि रहेको छ उनल भने । भौतिक निर्माणका काम त्यत्ति नभएपनि यहाँको प्राकृतिक सौन्दर्यताले यहाँको पहिचान झल्काउँने काम गरेको छ । राजाले पानी पिउँनका लागि निर्माण गरेको एउटा पानीको कुवा अहिले पनि मजवुत छ । पर्यटकका लागि आवश्यक पर्ने विभिन्न पुर्वाधारहरु निर्माण गर्ने सके जिल्लाको एक पर्यटकीय गन्तव्यको रुपमा खाँची मन्दिर र दरबारलाई लिन सकिन्छ । यहाँ दशैंको कोगाग्रत पूर्णिमाको दिन भव्य मेला लाग्ने गर्दछ । सराए नाचमा स्थानिय बाजाघाजा सहित नाच्ने गरिन्छ । सराए नाच अर्घाखाँची जिल्लाको पहिचानको रुपमा पनि परिचत छ । यहाँ सयौंको संख्यामा सराय नाच्न र हेर्न आउँछन् । जिल्लाका विभिन्न ठाउँ सँगै छिमेकी जिल्लाहरुबाट यहाँ दर्शन गर्न आउने गर्दछन् ।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।