प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ३० पुस । अर्घाखाँचीको प्रसिद्ध धार्मिक तीर्थ स्थल सन्धिखर्कको त्रिबेणी धाममा माघे सक्रान्तीको दिन अर्थात बुधबार माघे संक्रान्ती बिशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
युबाहरुको एकता समाज सुधारमा अग्रसरता भन्ने मुल नाराका साथ २०६१ सालमा स्थापना भएको अर्घाखाँची युबा परिसदले माघे संक्रान्ती पर्बको अबसरमा सन्धिखर्कको चुत्राबेसीमा रहेको त्रिबेणीधाममा बिशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।
साँस्कृतिक कार्यक्रममा राष्ट्रिय लोक गायक बद्री पंगेनी, मञ्जु महत, शिब हमाल, हरिमाया रायमाझि, रुद्र रायमाझि र हास्य कलाकार राजा राजेन्द्र पोख्रेल (माहिला बा ) सहितका ख्याती प्राप्त कलाकारहरुले आफ्ना गीत तथा हास्य ब्यंग सहितका सृजना प्रस्तुत गरि उपस्थित दर्शकलाइ भरपुर मनोरञ्जन प्रदान गर्ने आयोजक अर्घाखाँची युबा परिसदका अध्यक्ष कृष्ण प्रसाद भुसालले बताउनु भयो ।
बिना कुनै सुल्क निशुल्क रुपमा देआइने सास्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको र माघे सक्रान्ती नुवाउन आएका भक्तजनहरुलाइ आगो ताप्ने ब्यबस्था सहित भजन कृतनको समेत ब्यबस्था गरि सकिएको कार्यक्रम संयोजक सहयोगी बिसीले जनकारी दिनु भयो ।
बागी खोला, घोचेखोला र भद्री खोलाको संगम स्थल त्रिबेणी धाममा माघे स्रकान्तीको दिन नुवाएमा मोक्ष प्राप्त हुने बिश्वासका साथ यस स्थानमा माघे संक्रान्तीका दिन बिहानै देखि भक्तजनहरुको घुइचो लाग्ने गर्दछ ।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।