अर्घाखाँचीको त्रिबेणीपुरमा स्नान गर्नेको घुइचो

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची १ माघ । अर्घाखाँचीको प्रसिद्ध धार्मिक तीर्थ स्थल सन्धिखर्कको त्रिबेणी पुरमा माघे सक्रान्तीको स्नान गर्न बिहानै देखि भक्तजनको घुइचो लागेको छ । 
बागी खोला, घोचेखोला र भद्री खोलाको संगम स्थल त्रिबेणी पुरमा  माघे स्रकान्तीको दिन नुवाएर योगीहरुलाइ दाल चामल दान गरेमा मोक्ष प्राप्त हुने बिश्वासका साथ नुवाउन र दाल चामल दान गर्न बिहानै देखि भक्तजनहरुको घुइचो लागेको हो । 
   माघे सक्रान्ती नुवाउन आएका भक्तजनहरुलाइ आगो ताप्ने ब्यबस्था सहित भजन कृतनको समेत ब्यबस्था स्थानीय अर्घाखाँची युबा परिसदले गरेको छ । आजै माघे सक्रान्ती र स्वस्थानी ब्रतको सुरुवात भएको दिन एकै दिन परेकाले नेपालकै एक मात्र बिना जडित स्फटिक शिबलिंग भएको सिद्धेश्वर शिबालय मन्दिर भक्तिटोला चुत्राबेसीमा पुजाआजा गर्न भक्तजनहरुको भीड बढेको छ । 
माघे संक्रान्ती बिशेष साँस्कृतिक कार्यक्रम
अर्घाखाँचीको प्रसिद्ध धार्मिक तीर्थ स्थल सन्धिखर्कको त्रिबेणी पुरमा माघे संक्रान्ती बिशेष साँस्कृतिक कार्यक्रम हुन थालेको छ । 
   माघे संक्रान्ती बिशेष साँस्कृतिक कार्यक्रममा राष्ट्रिय लोक गायक बद्री पंगेनी, मञ्जु महत, शिब हमाल, हरिमाया रायमाझि, रुद्र रायमाझि र हास्य कलाकार राजा राजेन्द्र पोख्रेल (माहिला बा ) सहितका ख्याती प्राप्त कलाकारहरुले  आफ्ना गीत तथा हास्य ब्यंग सहितका सृजना प्रस्तुत गरि उपस्थित दर्शकलाइ भरपुर मनोरञ्जन प्रदान गर्ने  आयोजक अर्घाखाँची युबा परिसदका अध्यक्ष कृष्ण प्रसाद भुसालले बताउनु भयो   
  बिना कुनै सुल्क निशुल्क रुपमा देआइने सास्कृतिक कार्यक्रमको लागि कलाकारहरु समेत सन्धिखर्कमा आइ सकेको  कार्यक्रम संयोजक सहयोगी बिसीले जनकारी दिनु भयो  । 
    युबाहरुको एकता समाज सुधारमा अग्रसरता भन्ने मुल नाराका साथ २०६१ सालमा स्थापना भएको अर्घाखाँची युबा परिसदले माघे संक्रान्ती पर्बको अबसरमा सन्धिखर्कको चुत्राबेसीमा रहेको त्रिबेणीपुरमा बिशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

 

अन्य समाचारहरु