सङ्घीयताको हाम्रो धारणा प्राविधिक रुपले पराजित-राजनैतिक रूपले सङ्घीयताको पनि पराजय भयो : मोहनविक्रम सिंह

नेकपा मसालका महामन्त्री मोहन विक्रमसिंहले प्राविधिक ढंगले संघीयता सम्बन्धि आफ्नो धारणा पराजित भएको बताउनुभएको छ ।
पार्टी निकट पत्रिका हाँक साप्ताहिकमा लेख लेख्दै सिंहले संघीयता विरुद्धको पार्टीको धारणा पराजित भएको उल्लेख गर्नुभएको हो ।