अर्जुन भुसाल
सन्खिखर्क, अर्घाखाँची माघ १ । अर्घाखाँचीलाई देशकै पहिलो साक्षर जिल्ला बनाउने गरि अभियान सञ्चालन गरिने भएको छ ।
अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भत्तपुरले सदरमुकाम सन्खिखर्कमा गरेको अनौपचारीक शिक्षा र साक्षर नेपाल अभियान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले देश भरीमै सबै भन्दा कम निरक्षर रहेकाले अर्घाखाँचीलाई देशकै पहिलो साक्षर जिल्ला घोषणा गर्ने प्रशस्त आधार रहेको औंल्याएका हुन ।
जिल्लाका राजनीतिक दल, नागरिक समाज, शिक्षाका पेशागत संघ संगठनका व्यक्तहरु बीचको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले आफूहरुले जिल्लालाई पहिलो साक्षर जिल्ला बनाउँन कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाएका हुन् । अनौपचारीक शिक्षा केन्द्र सानोठिमीका उपनिर्देशन विष्णुप्रसाद मिश्रले जिल्लाको पहिचान कायम राख्न पहिलो साक्षर जिल्ला बनाउँने अभियानमा लाग्न सबैसँग आग्रह गरे । यस जिल्लालाई पहिलो साक्षर जिल्ला बनाउँन सबै लागुपर्छ उनले भने, राजनीतिक दल पत्रकार र नागरिक समाजले यो अभियानलाई सहयोग गर्नुपर्छ । उनले सबै गाविसमा साक्षर अभियान सञ्चालन गर्न जिल्ला शिक्षा कार्यालयले विशेष निगरानी राख्नुपर्ने बताए । अनौपचारिक शिक्षा केन्द्रका मोत्ता पाख्रेलले जिल्लालाई पहिलो साक्षर घोषणा गर्न सके सबैको इज्जत रहने बताइन । यो जिल्ला पहिलो साक्षर जिल्ला हुनेमा म विश्वस्त छु