लुम्बिनीबाट शान्ति म्याराथन घोषणा

कृष्ण खनाल 
भैरहवा, १ माघ । लुम्बिनी शान्ति म्याराथनको मिति घोषणासगै गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा शान्ति पदयात्रा बुधबार आयोजना गरिएको छ । मुलुककै पहिलो पिस म्याराथन आयोजना गर्न लागेको लुम्बिनी पिस म्याराथनले त्यसकै तयारीका लागि शान्ति पदयात्रा गरेको हो । 
भगवान बुद्धको पाइला पछ्याउँदै नारा दिइएको म्याराथन आगामी मार्च १६ मा आयोजना गरिने लुम्बिनीका सदभावना दुत बिक्रम पाँडेले गरिने जानकारी दिए । 
शान्ति दिपबाट शुरु भएको पदयात्रा मायादेवी मन्दिर परिक्रमा गर्दै पुनः शान्ति दिपमै आएर सकिएको थियो । पदयात्रामा पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, किर्तिमानी धावक बैकुण्ठ मानन्धर, लुम्बिनीका आवासीय भिक्षुहरु, व्यवसायी, खेलाडी र स्थानीयको सहभागिता थियो । 
पदायात्रापछि आयोजित कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष पाँडेले सन् २०१२ यता लुम्बिनी प्रवद्र्धनका लागि गरिएका कार्यक्रहरुको निरन्तरताको कडीकै रुपमा शान्ति पदयात्रा गरिएको जनाए । उनले भने,