काठमाडौ, माघ २ – त्रिवि शिक्षण अस्पतालमा मेडिकल माफिया र राजनीतिक हस्तक्षेपविरुद्घ पाँच दिनदेखि आमरण अनशन बसिरहेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य स्थिति झन् जटिल भएको छ ।
उनलाई कुनै पनि बेला आईसीयूमा सार्ने स्थिति आउन सक्ने जनाइएको छ ।
उपचार टोलीका सदस्य एवं अस्पतालका आईसीयू इञ्चार्ज डा. सुवास आचार्यले बुधबार राति भने, ‘अब आईसीयूमा लगेर उपचार गरे पनि उहाँको स्वास्थ्यमा विभिन्न समस्या आउन सक्छ ।’
डा. केसीले हाल छाती दुख्ने र कमजोरीजस्ता समस्या सामना गरिरहेका छन् । EKANTIPUR