वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची। रमाईलो र खुसीयालसँग माघे सक्रान्ति मेला हेर्न आएका धेरैजसो दर्शकलाई कलाकार बद्री पंगेनीले भावुक बनाए । धेरैजसो महिला, बुढाबुढी र श्रीमान गुमाएका महिलाले आँसु नै खसाले । सेतै फुलेका र लौरो टेक्दै मेला हेर्न आएका बुढाबुढीका पनि आँखाबाट आँसु बग्यो ।
अर्घाखाँची युवा परिषदले चुत्रावेशीको त्रीवेणीधाममा आयोजना गरेको मेलामा पंगेनीले गित गाउन माईक रामतेपछि धेरै दर्शकले हैसिदै तालि हानेर स्वागत गरेका थिए । शुरुमै अहिलेको सक्रान्तिमा आमा घरमा आईन र लाउचेली सिन्दुर लाउ, निको पार रिदयको घाउ भन्ने दुई वटा गितले सयौको संख्यामा उपस्थित दर्शकलाई भावुक बनाएर रुवाए । गित गाउदै मञ्च छाडेर उनी दर्शकको बीचमै गएका थिए । घर छाडेर खाडी मुलुकमा रोजगारको लागि काम गर्न गएकाले विदा नपाईएर माघेसक्रान्ति पर्व मनाउन घरमा आउन नसकेको सन्देश दिएको थियो । पंगेनी आफु पनि भावुक बनेर दर्शकको बीचमा बसेका बुढाबुढीको हात समाउदै गित गाउदै गरेपछि धेरैजसो बुढाबुढीको आँखाबाट आँसु खसेको थियो ।
गितको उदघोष गर्दा उनले आफनो आमा नभएको कुरा दर्शाएर गित गाउन शुरु गरेका थिए । यसरी भावुक गित गाउदा धेरैजसोले आफनै भावना जस्तै सम्झिएको भाव देखिन्थ्यो । दोस्रो पटक गाएको अर्को गितले पनि सबैको आ