अर्घाखाँचीको नरपानी राट्टारीमा माटोले पुरिएर दुई महिलाको मृत्यु

फुदवाङ, अर्घाखाँची (२०७० माघ , शुक्रवार) । अर्घाखाँचीको नरपानी गाविस वाड नं.  ६ रातटारीमा घर लिप्ने रातो माटो खन्दै गरेका दुई महिलाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ, भने अर्की महिला गम्भीर घाइते भएकी छन् ।

 



 

माटो खन्ने क्रममा ठाडा वाड नं.  ३ चाक्लाकी २२ वर्षीया जुना खनाल र ढिकुरा वाड नं.  १ की ४८ वर्षिया खिमा कुवँरको घटना स्थलमै ज्यान गएको उद्धारमा संलग्न स्थानीय पोमनारायण पोख्रेलले डटकमलाई  जानकारी दिए ।

 

रातो माटो लिन गएका ठाडा गाविसकी २२ वर्षीय जुना खनाल र ढिकुरा गाविस १ की ४८ वर्षीय ठीमा कुँवरको माटोले पुरिएर मृत्यु भएको हो ।



यस्तै ठाडा गाविस वाड नं. ३ भेडामारेकी ३५ वर्षिया सिता विक घाइते भएकी छिन् । उनलाइ पुरिएको अबस्थाबाट उद्दार गरिएको हो  । उनको जिल्ला अस्पताल सन्धिखर्कमा  उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ । 

 

 






Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





 


अन्य समाचारहरु