शिक्षण अस्पतालमा सात दिनदेखि आमरण अनसनमा बसेका प्राध्यापक डा. गोविन्द केसीलाई समर्थन गर्दै नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएको छ ।
आन्दोलनको पहिलो चरण अन्तर्गत संघले देशभरिका चिकित्सकलाई शनिबार विहान ११ बजेसम्म काठमाडौ आउन अपील गरेको छ ।
केही घण्टा भित्र माग पुरा नभए निर्णायक आन्दोलन घोषणा गर्ने संघले निर्णय गरेको छ ।