राष्ट्रपति र उपराष्ट्रपति चुनावको विषयमा नेकपा एमालेका नेताहरुबीच नै कुरा बाझिन थालेको छ ।
केही नेता चुनाव आवश्यक रहेकोमा जोड दिएका छन् भने केहीले अहिले राष्ट्रपति उपराष्ट्रपतिको चुनावलाई प्राथमिकता दिन नहुने बताइरहेका छन् ।
एमालेका नेता भीम रावलले अहिले राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गौण भएको बताउनुभएको छ । अहिलेकै राष्ट्रपति र उपराष्ट्रपतिलाई अनुमोदन गरेर एक वर्षभित्र संविधान जारी भएपछि नयाँ चुनावको प्रक्रियामा जाँदा संविधान पनि बन्ने, मुलुकले निकास पनि पाउने भन्दै नेता रावलले अहिले राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव आवश्यक नरहेकोमा जोड दिनुभएको छ ।
केही दिन अघि एमाले सचिव शंकर पोख्रेलले नयाँ राष्ट्रपतिको चुनाव पछि मात्रै सरकार गठनको प्रक्रिया सुरु हुने बताउनुभएको थियो । अहिलेको संविधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिलाई नचिन्ने पोखरेलको तर्क छ ।
रिपोर्टर्स क्लबले शुक्रबार काठमाडौमा गरेको कार्यक्रममा नेता रावलले भने फरक विचार व्यक्त गर्नुभयो । रावलले भन्नुभयो