प्रेमनारायण आचार्य
वाङला, अर्घाखाँची ५ माघ । जिल्ला खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समिति अर्घाखाँचीले जिल्लाका ४ गाविसमा सरसफाइको अबस्था बारे स्थलगत निरिक्षण गरेको छ । समुदायको अगुवाईमा खुल्ला दिसामुक्त अभियान सञ्चालन हुदा पनि छोटो समयमा सन्तोष जनक उपलब्धी हाशिल भएको निष्कर्ष निकालेको छ ।
तस्बिर: प्रेमनारायण आचार्य, अर्घाखाँची डट्कम
अघिल्लो श्रावण महिनादेखि जिल्लामा सरसफाइ अभियान थालनी भएको थियो । यस अवधिमा १८ हजार ६ सय ५१ नयाँ सुरक्षित शौचालय निर्माण भएका छन् ।जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति अर्घाखाँचीको सरसफाई रणनीतिक योजना अनुरुप ३२ गाउँ विकास समितिमा अघिल्लो वर्षदेखि र १० गाउँ विकास समितिमा यस वर्षदेखि सरसफाइ अभियानको थालनी भएको हो ।
तस्बिर: प्रेमनारायण आचार्य, अर्घाखाँची डट्कम
खुल्ला दिसामुक्त अभियान सञ्चालन हुनुअघि ४५ प्रतिशतको हाराहारीमा रहेको पक्की शौचालय अहिले ९१ प्रतिशतमा पुगेको छ । यस तथ्यांकलाई हेर्ने हो भने अर्घाखाँची जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि ९ प्रतिशत घरधुरीमा मात्र सुरक्षित शौचालय निर्माण गरे पुग्ने देखिन्छ ।
छत्रगञ्ज ९ का स्थानीय मन्दिरमा चर्पी निर्माण बारे बताउदै, तस्बिर: प्रेमनारायण आचार्य, अर्घाखाँची डट्कम
प्रमुख जिल्ला अभिकारी सागरमणी पाठकको नेतृत्वमा वाङला, केरुङा बलकोट र छत्रगञ्ज गाउ विकास समितिमा सरसफाइको अबस्था बारे बुझ्नका लागि अनुगमन गरेको जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति अर्घाखाँचीको टोलीले समुदायको अगुवाईमा खुल्ला दिसामुक्त अभियान सञ्चालन हुदा पनि छोटो समयमा सन्तोष जनक उपलब्धी हाशिल भएको निष्कर्ष निकालेको हो ।
छत्रगञ्जका स्थानीयहरु, तस्बिर: प्रेमनारायण आचार्य, अर्घाखाँची डट्कम
जिल्लाका १८ अति आवश्यकीय क्षेत्रहरुमा सार्वजनिक शौचालय निर्माणका लागि जिल्लाले सहयोग खोज्ने पहल गर्ने जनाउदै एउटा चर्पी बनाएर पुग्ने जस्ता सार्वजनिक स्थलहरुमा भने वडा र गाविस स्तरबाटै सार्वजनिक शौचालय बनाउन पर्ने स्थानीय विकास अधिकारी हेमराज भुषालले बताए । उनले जिल्लाले लिएको सरसफाइ लक्ष्यलाई सबै मिलेर जतिसक्दो छिटो पुरा गर्नु पर्ने बताए ।
बलकोट गाविसको परिषदमा सरसफाइ बारे छलफल गरिदै, तस्बिर: प्रेमनारायण आचार्य, अर्घाखाँची डट्कम
अनुगमन टोलीले वाङलाको वडा नं २ र छत्रगञ्जको वडा नं ९ मा समितिसँग अन्तरकृया गरेको थियो । वाङला गाविसका सचिव विष्णु प्रसाद भट्टराई, वडा नागरिक मञ्चका अध्यक्ष, महिला प्रतिनिधिले खुल्ला दिसामुक्त अभियानको बारेमा जानकारी गराएका थिए । गाबिसलाइ मंसीर महिनामै खुल्ला दिसामुक्त अबस्था हाशिल गर्ने लक्ष्य राखे पनि चाडबाड र चुनावका कारण फाल्गुण महिनासम्मका लागि सारिएको गाविस सचिव विष्णु प्रसाद भट्टराईले बताए ।
वाङ्ला २ का स्थानीय अगुवा आफ्ना भनाई राख्दै, तस्बिर: प्रेमनारायण आचार्य, अर्घाखाँची डट्कम
छत्रगञ्जको सरसफाइको अबस्था बारे वडा खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष लीलाधर पौडेलले सरसफाइ अभियानको बारेमा जानकारी गराएका थिए । ६०९ घरधुरी रहेको छत्रगञ्जमा अभियानपूर्व २५३ घरधुरीमा मात्र शौचालय थिए भने हाल ९८ प्रतिशतले चर्पी प्रयोग गर्दै आएका छन् । वडा नं ९ अन्र्तगत भने मन्दिर र एउटा पसलमा मात्र चर्पी बनाउन बाँकी रहेको जानकारी वडा समितिका अध्यक्षले जानकारी गराएका थिए । । बाल क्लबले वडालाई प्लाष्टिकमुक्त पार्न अभियान सञ्चालन गरेका छन ।
स्थानीयबाट सत्कार गरिदै, तस्बिर: प्रेमनारायण आचार्य, अर्घाखाँची डट्कम
अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, स्थानीय विकास अधिकारी हेमराज भुसाल, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख राजेन्द्र प्रसाद न्यौपाने, जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाल, जिल्ला अनुसन्धान कार्यालयका प्रमुख डि एस पि लीलाधर पौडेल, यु एन ह्याविट्याट ग्लोबल स्यानिटेसन फण्ड प्रोग्रामका जिल्ला संयोजक विष्णु दवाडी, यु एन एफ पि ए का जिल्ला संयोजक पूर्ण बिक , यु एन ह्याविट्याट ग्लोबल स्यानिटेसन फण्ड प्रोग्रामका साझेदार निकाय नेष्टका जिल्ला कार्यक्रम संयोजक विनोद शर्मा, सिसेकका मिरा पाण्डे, लुम्बिनी सामाजिक विकास केन्द्रका टिम लिडर सुरज सारु, कार्यक्रम संयोजक विभु भुषाल लगायतको सहभागिता रहेको थियो ।
स्थानीय विकास अधिकारी छत्रगञ्जमा सम्बोधन गर्दै, तस्बिर: प्रेमनारायण आचार्य, अर्घाखाँची डट्कम
स्थानीय विकास अधिकारी हेमराज भुसाल छलफललाई सम्बोधन गर्दै वाङ्लामा, तस्बिर: प्रेमनारायण आचार्य, अर्घाखाँची डट्कम
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।