संविधानसभाको पहिलो बैठकको प्रकृया सोमबारदेखि सुरु भएको छ ।
संविधानसभाका ज्येष्ठ सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष ८६ वर्षिय सूर्यबहादुर थापाले सोमबार राष्ट्रपति डा. रामवरण यादवसँग सपथ लिएपछि प्रकृया सुरु भएको हो ।
सपथ लगत्तै उहाँले व्यवस्थापिका संसद सचिवालयमा पदवहाली गर्नुभएको छ । अन्तरिम संविधान अनुसार ज्येष्ठ सदस्यले अरु सदस्यलाई सपथ गराउने र पहिलो बैठकको आह्वान गर्ने व्यवस्था छ ।
थापाले मंगलबार संविधानसभा भवनमा संविधानसभाका अरु सदस्यलाई सपथ गराउने र बुधवार संविधानसभा बैठकको अध्यक्षता गर्नुहुनेछ ।