यूएईमा कार्यरत घरेलु नेपाली महिला कामदारले बालकको हत्या गरेको आरोप

– उमाकान्त पाण्डे गाउंले  
दुबइमा घरेलु कामदारको रुपमा कार्यरत नेपाली महिलालाई आफ्नै मालिकको ११ महिने बालकको हत्या गरेको आरोप लागेको छ । 
दुबइको अल किसिसमा भारतीय नागरिकको घरमा कार्यरत नेपाली महिलाले आफुलाई घर विदा नदिएको रिसमा बालकको हत्या गरेको स्विकारेको यूएईको राष्ट्रिय संचार सस्था खालिज टाइमले उल्लेख गरेको छ । 
 
अग्रेंजी भाषामा प्रकाशित खालिज टाइम्सको सोमबारको अकंमा यस् बारे समाचार छापिएको छ । 
पत्रिकाले लेखेको छ ‘ बच्चाको आमा हालै एक नयाँ काम सुरु गरेको र आफूले बिदा पाउन नसकेकोले बच्चाको हेरचाह गर्न समय नपाएको भन्दै नेपाली महिलालाई वार्षिक बिदा दिन अस्विकार गरेको कारण रिसाएर बालकको हत्या गरिएको खुल्न आएको छ । ‘
हत्या आरोपमा संलग्न नेपाली महिलाको पूर्ण विवरण भने पत्रिकाले सार्वजनिक गरेको छैन ।  
११ महिनाको आफ्नो बच्चालाई हेर्ने जिम्मा दिएर आफुहरु कार्यस्थल गएको र साझ फर्किदा आफ्नो शिशु मृत् भेटीएपछि हाउसमेड बिरुद्द दुबइ प्रशाशनमा उजुरी दीईएको थियो । त्यसैका आधारमा बच्चाको नेपाली महिला द्वारा हत्या भएको भन्दै घरेलु महिला कामदरको रुपमा कार्यरत नेपाली महिलालाई पक्राउ गरिएको छ ।  
 
नेपाली महिलाले आफुले गरेको अपराधलाई स्विकारेको खालिज टाइम्सले जनाएको छ । यस् सम्बन्धमा नेपाली दुतावास आबुधाबीलाई केही जानकारी नभएको दुतावास स्रोतले बतायो ।