सर्वोच्च अदालतद्धारा राष्ट्रपति हटाउन माग गर्दै दायर रिट खारेज

काठमाडौं, माघ ९ – सर्वोच्च अदालतले राष्ट्रपति हटाउन माग गर्दै दायर रिट खारेज गरेको छ ।
न्यायाधीश गिरिषचन्द्र लालको एकल इजलासले नयाँ संविधानसभा गठन भएको अवस्थामा निर्वाचन गर्ने/नगर्ने निर्णय संसदको अधिकार भएको बताउँदै रिट खारेज गरेको छ ।
अधिवक्ता ओमप्रसाक अर्यालद्वारा दायर रिटमा सर्वोच्चले अन्तरिम संविधानसभाको धारा ३६ (ग) अनुसार संविधान नबनेसम्म राष्ट्रपति रहिरने उल्लेख भएको स्मरण पनि गराएको छ ।
EKANTIPUR