काठमाडौ, माघ १० – सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि १४ दिनपछि डा. गोविन्द केसीले अनसन तोडेका छन् ।
अस्पतालमा उपचाररत एक बालिकाको हातबाट जुस पिएर डा.केसीले अनसन तोडेका हुन्।
हिरो राति केसीसँग वार्ता गरेको सरकारी टोलीले आज बिहान स्वास्थ्य मन्त्रालयमा चिकित्सकहरुसँग वार्ताको सम्झौतालाई अन्तिम रुप दिएको थियो ।
आज विहान चिकित्सकहरुसहित अनसनस्थल पुगेका सरकारी वार्ता टोलीका संयोजक कृष्णहरी बास्कोटाले केसीलाई सम्झौताबारे जानकारी गराएका थिए ।