काठमाडौं, माघ १२। मेडिकल काउन्सिलले विदेशमा एमबीबीएस अध्ययन सकाएर स्वदेश फर्केका नेपाली विद्यार्थीहरुलार्ई नेपालका अस्पतालहरुमा इन्र्टनसीप गर्न नदिएको भन्दै एमबीबीएस अध्ययन सकेका विद्यार्थीहरुले आन्दोलनको घोषणा गरेका छन् । तोकिएको समयको कोर्ष पूरा गरेपछि विश्वका जुनसुकै मान्यता प्राप्त अस्पतालहरुमा इन्र्टनसिप गर्न पाउने विश्व स्वास्थ्य संगठन र काउन्सिलको आफ्नै नियमावली विपरित काउन्सिलले सयौं विद्यार्थीलाई इन्टर्नसिप गर्नबाट रोकेको विद्यार्थीहरुको भनाइ छ ।
राजधानीमा आज पत्रकार सम्मेलन गरी काउन्सिलको यो निर्णय विरुद्ध भोलिदेखि आन्दोलन सुरुगर्ने मेडिकल इन्टर्नसिप संघर्ष समितिका अध्यक्ष रेशम गौतमले जानकारी दिए ।
काउन्सिलको यो निर्णयले लाखौं खर्च गरेर एमबीबीएस पढेका विद्यार्थीको भविष्य अन्धकारमा परेको भन्दै उनीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेताबनी उनीहरुले दिएका छन् ।
बाध्यताबस विदेशमा एमबीबीएस अध्ययन गर्नुपरेको पीडा आफूहरुसँग हुँदाहुँदै आफूहरुको ४