नयाँदिल्ली, माघ १२ । भारतले आफ्नो ६५ औं गणतन्त्र दिवस आज मनाएको छ । यसका लागि भारत सरकारले आफ्नो शक्ति प्रदर्शनका साथै विभिन्न कार्यक्रम गरेको छ ।
यसै अवसरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले दिएको सन्देशमा दुनीयाँलाई लोभमा भुलाउने अराजकता शासनको विकल्प हुन नसक्ने उल्लेख गरेका छन् ।
राष्ट्रपति मुखर्जीले शक्तिमा पुग्न जनतालाई लोभ्याउने सस्तो लोकप्रियता होइन, पूरा गर्न सकिने सही बाचामात्र गर्नुपर्ने बताए । सरकार कुनै परोपकारी निकाय नभएकाले झूठा बाचाको जब मोह भंग हुन्छ, त्यसले अराजकता मात्र निम्त्याउँछ उनले भने ।
देशको सामाजिक र आर्थिक विकास घोडा दौडको गतीमा हुनुपर्ने तर्फ पनि उनले झक्झक्याएका छन् । निर्वाचन कसले जित्छ भन्ने भन्दा देशको एकता र अखण्डता बढी महत्वपूर्ण हुनेतर्फ उनले भारतीय नेताहरुको ध्यानाकर्षण गराए । देशमा बढी रहेको भ्रष्टाचारप्रति पनि उनको चिन्ता थियो ।
AGENCIES