काठमाडौं – राष्ट्रपति रामवरण यादवले माघ १९ सम्ममा राजनीतिक सहमतिको सरकार गठन गर्न आहृवान गरेका छन् ।
राष्ट्रपति कार्यालयका सचिव शारदाप्रसाद त्रितालले आइतबार राष्ट्रपतिका तर्फबाट विज्ञप्ती जारी गर्दै माघ १९ गतेसम्ममा राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र उनको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आहृवान गरेका छन् ।
संविधानसभाको पहिलो दल कांग्रेसले सभापति सुशील कोइरालालाई संसदीय दलको नेता चयन गरेपछि राष्ट्रपतिले सहमतिको सरकार गठन गर्न आहृवान गरेका छन् ।
प्रमुख राजनीतिक दलहरुबीच सहमति नभए राष्ट्रपतिले पुनः बहुमतीय सरकार गठनका लागि आहृवान गरेका छन् ।
अन्तरिम संविधानको धारा ३८ (१)मा राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्री र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने उल्लेख छ भने ३८ (२) को उपधारा (१) मा व्यवस्थापिका संसदको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुनेछ भन्ने उल्लेख छ ।
EKANTIPUR