कृष्ण खनाल
बुटवल । आईतबार साझको करिव ९ बजे मिलनचोक व्यापारी तिर्थ काफ्ले ईभिनिङ्ग वाक(साझको हिडाईं) को क्रममा बुटवलको अस्पताल लाईन, बसपार्क हुदै मिलनचोक तर्फ झर्दै थिए । बुटवलको नयाँ बर्ष पार्क नजिकै रहेको सडक डिभिजन कार्यालय र इलाका प्रशासन कार्यालय नजिकै जाँदा उनी एक पटक अच्चमीत भए ।
कारण थियो ईलाका प्रशासन कार्यालय बुटवलको को कम्पाउण्ड वाहिर पुराना भएर पनि नभत्काइएको भवनबाट आवाज केही आवाजहरु आईरहेका थिए । रातको समयमा त्यैपपनि सरकारी भवनको वाहिरपट्टीका खाली कोठामा केही युवा युवतीहरुको आवाज आईरहेको सुनेपछि उनी झनै अचम्मीत भए । यसो नजिकै गएर नियालेर हेर्दो त भित्र केही युवा युवतीहरुलाई आपत्तीजनक अवस्थाम फेला पारे ।