जग्गा रोक्का गरेकोमा अर्घाखाँचीका दलहरुको विरोध

अर्जुन भुसाल     
सन्धिखर्क, अर्घाखाँची माघ १४   ।  हँचुवाको भरमा भुमिसुधार तथा व्यवस्था मन्त्रालयले  जग्गा नामसारीमा रोक लगाएको भन्दै यहाँका राजनीतिक दलहरुले विरोध जनाएका छन् । उनीहरुले मन्त्रालयले हल्लाको भरमा रोक्ने निर्देशन दिएको  भन्दै तुरुन्तै निर्णय सच्चाउँनुपर्नेमा जोड दिएका छन् । उद्योग वाणिज्य संघले आयोजना गरेको सर्वपक्षिय छलफमा दलका नेताहरुले मन्त्रालयको निर्णय गलत भएको बताएका हुन् ।  भुमिसुधार तथा व्यवस्था मन्त्री जिल्लामा आएर फर्केको केहि समयमै जग्गा नामसारीमा रोक लगाउँनु दुखद भएको दलहरुको बुझाई छ ।  
  मन्त्रालयको निर्देशन भन्दै  जिल्ला  मालपोत कार्यालय अर्घाखाँचीले  सदरमुकाम आसपासको सडकमार्ग, सहायक मार्ग र नगर उन्मुख क्षेत्रका घरजग्गा नामसारीको काममा रोक लगाएको छ ।  सदमुकाम क्षेत्र , राजमार्ग एवं सहायक मार्ग र नगर उन्मुख क्षेत्रको घर जग्गाको लिखत पारित गर्दा नापी कार्यालयमा लिखत पठाई नापी कार्यालयबाट नक्सा बमोजिम जग्गा धनी प्रमाण पुर्जामा उल्लेखित क्षेत्रफल भिडाई व्यहोरा उल्लेख भइ आएपछि मात्र लिखत पारित गर्न मन्त्रालयले मालपोत कार्यालयलाई  निर्देशन दिएको छ । तर   विगत द्वन्द्वकालमा मालपोल कार्यालय र नापी कार्यालय  अर्घाखाँचीमा रहेका श्रेष्ता नक्सा लगायत अन्य अभिलेख लगजात जलेर नष्ट भएका थिए । त्यसैले जग्गा भिडाएर काम गर्न सक्ने अबस्था नरहेपछि जिल्ला मालपोत कार्यालयले जग्गाको नामसारीमा रोक लगाएको छ । जिल्लाका विभिन्न ठाउँमा नाप नक्साको काम भइरहेकोमा  मालपोत कार्यलयबाट जग्गा रजिष्ट्रेसन हुँदा व्यक्ति सँग रहेको जग्गा धनी प्रमाण पुर्जाको आधार लिँदा व्यक्तिले पुर्जा सच्चाई क्षेत्रफल घटवढ गरेको भन्ने जनगुनासो र कतिपय ठाउँमा यथार्थ समेत पाइएकोले यस्तो निर्णय गरेको मन्त्रालयले जनाएको छ । 
 नेपाली कांगे्रसका सभापति कमलप्रसाद भुसालले मन्त्रालयले निर्णय तुरुन्तै सच्याउँनुपर्ने बताए । राम्रो सँग अध्ययन नगरि हँचुवाको भरमा यसरी निर्णय गर्नु राम्रो होइन उनले भने, यो समस्यालाई छिट्टै निकास दिनुपर्छ । नेकपा एमालेका सचिव रामबहादुर चौहानले एक दुई जनाले गल्ती गरे भन्दैमा धेरैलाई असर पर्ने गरि मन्त्रालयले निर्णय गर्नु जायज नभएको  बताए । जग्गा किनबेच गर्ने अधिकारबाट  बञ्चित गराउँने अधिकार कसैलाई छैन

अन्य समाचारहरु