प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची १५ माघ । कुनै बेला भोकमरीका कारण सल्लोको बोक्रा समेत खानबाध्य दक्षिण कोरीयाली नागरीकले कसरी मुलुकलाई सम्बृद्ध बनाए भन्ने बिषयमा तयार पारिएको बृत चित्र बुधबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा प्रर्दशन भएको छ ।
जिल्ला बिकाश समिति अर्घाखाँचीको सभाहलमा देखाइएको कार्यक्रममा जिल्ला बिकाश समिति अर्घाखाँची , जिल्ला कृषि बिकाश कार्यालय अर्घाखाँची , जिल्लाका सहकारी संघ तथा सहकारी संस्थाका प्रतिनिधि , पत्रकार लगायत सामाजिक संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।
कोरियाली बिकाशका लागि महत्वपुर्ण भुमिका निर्बाह गरेको सेमाउल उन्दोङ्ग अर्थात नयाँ गाउ अभियान बारे प्रचार प्रसारका लागि काम गर्दै आएको नेपाल सेमाउल सेन्टरले यो बृतचित्र प्रदर्शन गरेको हो । दश जिल्लामा प्रर्दशन गर्ने क्रममा यस अघि यो बृतचित्र कैलाली , कञ्चनपुर , सुर्खेत , बाँके , दाङ्गमा प्रदर्शन भै सकेको छ । अर्घाखाँचीपछि यो बृतचित्र कपिलबस्तुको तौलिहवा , रुपन्देहीको भैरहवा, पाल्पाको तानसेन र नवपरासीको परासी बजारमा प्रर्दशन गर्ने कार्यक्रम रहेको नेपाल सिमाउल सेन्टरका अध्यक्ष प्राध्यापक डाक्टर नवराज पन्तले जानकारी दिनुु भयो ।
बृत्तचित्र प्रर्दशनी संगै कोरियाली बिकाश अभियानको नेपालमा प्रयोग गरिएको चितवनको पिप्ले गाबिसमा भैरहेको कामका बिषयमा पनि जानकारी गराउने कार्यक्रम रहेको पन्तले जानकारी दिनु भयो ।
बिश्वयुद्धबाट तहस नहस भएको दक्षिण कोरियाले सन १९६० देखि शुरु गरेको प्रयासबाट अहिले बिश्वकै शक्तिशाली र धनि मुलुको सुचीमा आफुलाई सुचीकृत गरि सकेको छ । भोकमरीका बेला नेपालले चामल सहयोग गरेकाले दक्षिण कोरियाले नेपालमा बिभिन्न क्षेत्रमा सघाउका कार्यक्रम संचालन गर्दै आएको छ । सिमाउल अभियान नेपालमा चितवनको पिप्ले गाबिसमा संचालन गरिदै आएको छ ।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।