शहीदहरुको सम्झना अर्घाखाँचीमा विभन्नि कार्यक्रम

प्रेमनारायण आचार्य 
सन्धिखर्क, अर्घाखाँची १६ माघ । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि प्राणको आहुति दिएका शहीदहरुको सम्झना अर्घाखाँचीमा विभिन्न कार्यक्रम गरिएको  छ ।
   ७३ औ शहिद दिबसको अबसरमा स्थानीय शान्ती समितिको आयोजनामा सन्धिखर्क स्थित शहिद स्तम्भपार्कमा रहेको शहिद स्तम्भमा माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गरि शहिदहरुको सम्झना गरिएको छ । 
  कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भेसराज खनालले शहिदहरुको सपना साकार पार्न र उनीहरुले देखाएको बाटो अनुसार  अगाडी बढ्नु पर्ने बताउनु भयो । उहाले बर्षको एक दिनमात्र शहिदलाइ सम्झिएर शहिदहरु प्रति सच्चा श्रद्धाञ्जली नहुने बताउनु भयो । 
  कार्यक्रममा बिभिन्न कार्यलयका प्रमुख तथा प्रतिनिधि, राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु, संघ सस्थाका प्रतिनिधिहरु , शहिद परिबारका सदस्य , सञ्चारकर्मि र सर्बसाधारणहरुको उपस्थिति रहेको थियो । 
  कार्यक्रम स्थानीय शान्ती समितिका संयोजक रामजीप्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो । 
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

 
  

अन्य समाचारहरु