बिदेशमा काम गर्ने अर्घाखाँचीवासीद्धारा गाउंगाउंमा शिक्षा अभियान सुरु

– उमाकान्त पाण्डे गाउंले  
बिदेशमा काम गर्ने अर्घाखाँचीवासीद्धारा गाउंगाउंमा शिक्षा अभियान सुरु गरेका छन । थोरै धन धेरै मन भएका युवाहरुको सकृयतामा अर्घाखाँचीका गाउघरमा रहेका बिधालयमा पुस्तकालय नभएका ठाउमा स्थापना र भएको ठाउँ मा ब्यबस्थापन गर्नेकार्यलाई उनीहरुले अघि बढाएका हुन । 
 
बिभिन्न देशमा काम गर्ने युवाहरु सामाजिक सन्जालमार्फत एकजुट भएर रकम सकंलन् गरी यो अभियान चलाऊन लागेका हुन । यस् अभियानलाई अर्घाखाँची सन्धिखर्क छापडाडाका राजु खड्का(हाल दुबइ)बाट सम्योजनकारी भूमिका निभाइरहेका छन् । 
सुरुमा आफु एक्लैले सन्चालन गर्ने जमर्को गरेका खड्काको अभियानलाई अहिले बहराइन,कतार,इजरायल,साउदी,कुवेत,ओमान,चिली र स्पेनमा बस्ने अर्घाखाँची बासीले सहयोग गरेका छन । त्यस्तै अमेरिका,अफ्रिका तथा अन्य मुलुकबाट पनि अर्घेलीहरुको उत्तिकै उत्साह जनक सहभागीता जनाएका छन । 
आजको शिक्षा कक्षागत पुस्तकमा मात्रा रहदा उपयोगी नभई आधुनिक अतिरिक्त पुस्तकहरुका साथै ज्ञानमुलक माध्यमहरु र प्रबिधी मुलक माध्यम प्रयोग गर्दा शिक्षाको बिकास मा फाईदाजनक हुने र अबका पुस्तामा त्यस्तो समस्या नहोस् भन्नका लागि युवाहरु यस् अभियानमा सकृय भएका हुन । 
आफुहरु कार्यरत देशमा रहेको शिक्षाको स्तरियता र आफुले आफ्नो जिल्लामा भोगेका समस्यालाई अबका पुस्ताले भोग्न नपरोश भनेर उनीहरुले जिल्लाका बिधालयमा पुस्तकालय स्थापना गर्न लागेका हुन । सुरुमा यस् अभियानलाई महत्वोकाक्षीं योजनाको रुपमा लिए पनि हाल अन्य युवाहरुको साथ र जिल्ला वासीको उत्साहजनक सहभागीताले यस् अभियानलाई जिल्लाका बिद्यार्थीको भबिश्य उज्वल बनाउन थप सहयोगी बनेको बिश्लेशण शिक्षाविदहरुले गर्न थालेका छन । 
       
यस् अभियान अन्तरगत सुरुमा जिल्लाका ४२ वटै गाविसमा रहेका मावी र निमावीमा पुस्तकालय ब्यबस्थापन गर्ने योजना रहेको अभियानका सम्योजक राजुखड्काले बताए । 
 
अभियानका सम्योजक खड्काका अनुसार पहिले बिधालय प्रशासन र ब्यबस्थापन समिति सँग सल्लाह गरेपछि मात्र पुस्तकालयको ब्यबस्थापन सुरु गरिने छ । उनले भने ‘यस् अभियान लगत्तै प्रत्येक गाउंगाउंमा सामान्य निशुल्क कम्प्युटर शिक्षा दिने योजना छ’ । 
गाउंगाउंमा शिक्षा अभियानका सम्योजक राजु खड्का
पुस्तकालय ब्यबस्थापना सम्बन्ध मा निम्न माध्यमिक् मा करिब् ५० हजार बराबरका आब्स्एक पुस्तक तथा अतिरिक्तका सामाग्री हरु बितरण गरिनेछ भने त्यस लाई ब्याब्स्थापना  र प्राणालीगत गराउन को लागि एक कम्प्युटर समेत बितरण गरिनेछ।  
साथै माध्यमीक बिधालयको लागि करिब १ लाख बराबर मुल्यका आबश्यक पुस्तक तथा अतिरिक्तका सामाग्रीका साथमा एक कम्प्युटर बितरण गरिनेछ। अभियानलाई समाजसेवी राजु खडकाले गरेको भए पनि पनि केही समयमा सस्थागत बनाउने र यो अभियान अन्तरास्ट्रिय अर्घाखाँची संपर्क मन्चको मातहतमा रहनसक्ने जानकारी अभियान कर्ता खडकाले बताए । 
अभियान शुरु भएको स्कुलको सम्योजकमा सोही बिधालयमा अध्ययन गरेका पुर्व छात्र तथा छात्रा रहनेछन। 
यो अभियानमा ससक्त ढगंबाट अघाडी बढाउन परिक्षणको रुपमाडिभर्ना गाविसको बिजय माद्यामिक बिधालयबाट अभियान सुरु गरिएको थियो । 
अग्रेंजी महिनाको नयाँ बर्षको अबसर पारेर हाल बहराईनमा रहेर अर्घाखाँची प्रवासि समाजको बरिस्ठ उपाध्यक्ष पदमा रही सामाजिक काममा लागिरहेका डिभर्ना ३ जोगिमारेका युबराज खत्रीले आफ्नो सम्योजकत्वमा अभियानलाई डिभर्नामा सफल बनाएका हुन । 
१५ दिनको छोटो समयमानै सम्पूर्ण काम सकिएको र राम नवमीको अवसर पारेर पुस्तकालय हस्तान्तरण गरिने खड्का ले बताए । 
आफुले अध्ययन गरेको बिधालयमा सहयोग गर्न र परदेश बसेको बेला आफुले शिक्षाको कमी हुँदा भोगेका दु:ख कष्टहरुबाट समाजमा चेतना दिने कार्यमा लाग्न प्रवासीएका अर्घाखाँची बासी युवाहरुले सबैमा अपिल समेत गरेका छन । 
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

 
  

अन्य समाचारहरु