नरपानी, अर्घाखाँची २०७० माघ २० सोमबार। अर्घाखाँचीको नरपानी गाविस वाड नं. ५ दहखोलामा एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
सन्धिखर्कबाट बुटवलका लागि विरामी लिएर जाँदै गरेको अर्घाखाँची हस्पिटल प्रालीको लु १ च ५२४८ नम्वरको एम्वुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका हुन्।
दुर्घटनामा चालक वाङला-२ का कृष्ण भट्टराई, धारापानी गाविस वाड नम्वर ७ का थम्मन रानाभाट, सोही गाविस वाड नं. ८ का जुठे पोख्रेल घाइते भएका छन् । घाइतेहरुको वुटवलमा उपचार भइरहेको छ । एम्बुलेन्स सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीले जनाएको छ।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।