संक्रमणकाल अन्त्यका लागि दलहरुबीच छिटो सहमति हुनुपर्नेमा एकीकृत माओवादीका पुष्पकमल दाहालको उल्लेख

काठमाडौं, माघ २० । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकाल अन्त्यका लागि दलहरुबीच छिटो सहमति हुनुपर्ने बताएका छन् । 
काठमाडौंमा आज नेपाल राष्ट्रिय कर्मचारी संगठनको भवन शिलान्यास गर्दै दाहालले गणतन्त्रलाई संस्थागत गर्नका लागि दलहरुबीच सहमति गरी संक्रमणकालको अन्त्य गर्नुपर्ने बताए ।
सरकारी कार्यालयहरुमा हुने भ्रष्ट्राचार अन्त्य गरी कार्यालयहरुमा सुशासन कायम गर्न कर्मचारीलाई दाहालले आग्रह समेत गरे । RSS