संसदमा नयाँ प्रधानमन्त्रीका लागि माघ २७ गते चुनाव हुने

काठमाडौं, माघ २१ – संसदमा नयाँ प्रधानमन्त्रीका लागि माघ २७ गते चुनाव हुने भएको छ ।
कार्यव्यवस्था परामर्श समितिको मंगलबारको बैठकले माघ २७ गते सोमबार बिहान ११ बजे प्रधानमन्त्री निर्वाचन हुने तय गरेको हो । 
कार्यव्यवस्था समितिमा सहमति जुटेकाले संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले बुधबारको बैठकमा चुनावको घोषणा गर्नेछन् ।
संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोकिएको छ । EKANTIPUR