शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची माघ २२ । अर्घाखाँची जिल्लाका सरकारी विद्यालयले अंग्रेजी माध्यममा पठन पाठन गर्न थालेका छन् ।
अंग्रेजी विषयमा अभिभावकको आकांक्षा बढेपछी यहाँका १ सय २ विद्यालयले अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेका हुन् ।
जिल्लाको युवावर्ष रविचित्र जनता उच्च मावि हटारीनेटा, जनसेवा मावि अड्गुरी, सरस्वती मावि पणेना, सरस्वति भवन मावि खिदिम, शारदा मावि केरुङ्गा, ज्ञान प्रकाश मावि सल्लिकोट, मथुरा निमावि वाङ्गला, दक्सुपाटा निमावि ठाडा, आदर्श उमावि खनदह, जनता निमावि हंसपुर लगायतका विद्यालयले अंग्रेजी भाषाको माध्यमबाट विद्यार्थीलाई पढाउन थालेका छन् । आगामी शैक्षिकशत्र देखि थप ५० वटा विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने र आगामी ५ वर्षको अवधिमा जिल्लाका सबै सरकारी विद्यालयले नेपाली र सामाजिक बाहेकका सबै विषय अंग्रेजी माध्यमबाट पढाउने तयारी भैरहेको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले बताउनु भयो ।
अंग्रेजी भाषाको माध्यमबाट पढाई सुरु गरेपछि जिल्लाका सरकारी विद्यालयमा समेत विद्यार्थीको चाँप बढ्न थालेको छ । विद्यार्थी न्युन भएका कारण बन्द हुने अवस्थामा पुगेका स्कुलहरुमा समेत अहिले एकाएक विद्यार्थीको चाँप बढ्दै जान थालेको छ ,भने विद्यालयले समेत राम्रो नजिता ल्याउन थालेकाछन् । पछिल्लो ३ वर्षयता जिल्लाको शैक्षिक अवस्थामा व्यापक सुधार आएको सरोकारवाला हरुको भनाई छ । २०४६ सालदेखि बिग्रिदै आएको एसएलसी परिक्षामा सुधार ल्याएपछि जिल्लाका विद्यार्थीहरुमा पढ्नु पर्छ भन्ने भावनाको विकास हुँदै गएको भगवति उमावि कुर शंखेटारीका शिक्षक कृष्ण प्रसाद भुसालले बताउनु भयो ।
५ वर्ष अघिसम्म सट्टा शिक्षक राखेर अन्य कामकाज गर्ने शिक्षकहरु समेत अहिले खुरुखुरु विद्यालय जान थालेका छन् । नियमित विद्यालयमा उपस्थित नहुने शिक्षकलाई कार्वाहिको प्रक्रियामा लगे पछि शिक्षकहरु नियमित हुन थालेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लामा शक्ति र सत्ताको दुरुपयोग गर्दै झन्डै २ दशक सम्म शक्ति सम्पन्न व्यक्तिहरुले मासिक २