कांग्रेसद्धारा एमालेलाई एकपछि अर्को शर्त राखेर सरकार निर्माणलाई अवरुद्ध नगर्न आग्रह

काठमाडौं, माघ २३ । नेपाली कांग्रेसका शीर्ष नेताहरुले एमालेलाई एकपछि अर्को शर्त राखेर सरकार निर्माणलाई अवरुद्ध नगर्न आग्रह गरेका छन् । 
मोरङ-काठमाडौं सम्पर्क समाजले मोरङबाट निर्वाचित सभासदहरुलाई शुभकामना दिन आज राजधानीमा गरेको कार्यक्रममा कांग्रेस नेताहरुले माधव नेपाल नेतृत्वको सरकारलाई कांग्रेसले बिना शर्त शक्तिशाली मन्त्रालयहरु दिएर सहयोग गरेको स्मरण गर्न एमाले नेताहरुलाई आग्रह गरे ।
कार्यक्रममा कांग्रेस सभापति सुशील कोइरालाले संविधान जारी नहँुदासम्म आफूलाई सरकारको नेतृत्व दिन सबै पक्षसँग आग्रह गरे ।
यस्तै, कांग्रेस उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री स्वीकार गरेपछि प्रधानमन्त्रीलाई काम गर्न सहज हुने गरी शक्ति बाँडफाँड गर्नुपर्ने र त्यसमा एमालेले पनि सहयोग गर्नुपर्ने बताए ।
कोइरालालाई प्रधानमन्त्रीमा समर्थन गर्ने हो भने एमालेले उनलाई विश्वास पनि पौडेलले बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल, महेश आचार्य, सुजाता कोइराला लगायतले कांग्रेस नेतृत्वमा सरकार निर्माणका लागि एमालेले कडा शर्त राख्न नहुने धारणा राखेका थिए । IMAGECHANNELS