एमाले केपी ओलीद्धारा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन नभएमा कांग्रेससँग सहकार्य हुन नसक्ने चेतावनी

काठमाडौं, माघ २५ । नेकपा एमाले संसदीय दलका नेता केपी ओलीले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन नभएमा कांग्रेससँग सहकार्य हुन नसक्ने चेतावनी दिएका छन् । 
युवा सँघले  राजधानीमा गरेको कार्यक्रममा बोल्दै नेता ओलीले लोकतन्त्रमा राष्ट्रपतिको निर्वाचनका कुरा गर्नु बेठीक भयो भन्ने हो भने यही अवस्थामा कांग्रेससँग केका लागि मिल्ने भन्ने प्रश्न उठेको बताए ।
सोही कार्यक्रममा एमाले सचिव शंकर पोखरेलले संविधानसभा असफल हुने तर त्यही संविधानसभाले चुनेको राष्ट्रपति निरन्तर रहन नसक्ने दाबी गरे ।
यस्तै, नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले आफूहरु राष्ट्रपतिको निर्वाचन गर्ने हुन्न भन्ने पक्षमा नरहेको बताए ।
एकीकृत माओवादीका नेता देवेन्द्र पौडेलले नयाँ जनमत अनुसार राष्ट्रपति, उपराष्ट्रपति पनि चुनिनुपर्ने बताए ।
यस्तै, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रमुख तीन दल मिलेर ठोस सहमति गर्नुपर्ने बताए । IMAGECHANNELS