धनकुटा बहुमुखी क्याम्पसमा पाँच महिना पछि ताला खुल्यो

धनकुटा, माघ २६ । धनकुटा बहुमुखी क्याम्पसमा प्राध्यापक नियुक्ति लगायतको माग राख्दै भएको तालाबन्दी खुलेको छ ।

 बिभिन्न राजनीतिक दल, आन्दोलनरत प्रध्यापक संघ संगठन, विद्यार्थी र नागरिक समाजको सर्वपक्षीय भेलाले फागुन ५ गतेभित्र क्याम्पसको संचालक समिति, व्यवस्थापन समितिको बैठक र साधारण सभा गरेर क्याम्पसका समस्या समाधान गर्ने सहमति भएको हो । 
आन्दोलनरत पक्षले गत भदौदेखि क्याम्पस प्रमुख तथा बिभिन्न शाखामा ताला लगाएका थिए । IMAGECHANNELS