स्विटजरल्याण्डमा भएको जनमत संग्रहमा अन्य युरोपेली देशहरुबाट आवात जावत गर्नेहरुको संख्या सिमित गर्ने पक्षमा मतदान भएको छ ।
देशका ५० दशमलव ३ प्रतिशत जनताले अन्य युरोपेली देशहरुबाट स्वतन्त्र आवागमन गर्न पाउने सम्झौता रद्ध गर्ने पक्षमा मतदान गरेकाले युरोपेली संघसंगको सम्झौता संकटमा परेको छ ।
स्विट्जरल्याण्ड युरोपेली संघको सदस्य नभएपनि उसले संघको कयौं नीतिको पालना गर्दै आएको थियो । युरोपेली संघले भने स्विटजरल्याण्डको जनमत संग्रह परिणामको निन्दा गर्दै यस्तो परिणाम आउनुको कारणबारे गंभीर अध्ययन गर्ने जनाएको छ ।
स्विटजरल्याण्डको जनमत संग्रहले जनताको फरक फरक समूहमा रहेको मतभेद सार्वजनिक गरेको छ । स्विट्जरल्याण्डमा बढ्यो विदेशीको संख्यालाई लिएर चिन्ता बढिरहेको बेला यो जनमत संग्रह भएको हो । अन्य युरोपेली मुलुकहरु भन्दा कम बेरोजगारी रहेको स्विटजरल्याण्डमा ८० लाख जनसंख्यामा एक चौथाई विदेशीको हिस्सा छ । Agencies