नव नियुक्त प्रधानमन्त्री सुशील कोइरालाद्धारा पदभार ग्रहण

काठमाडौ, माघ २८ – सिंहदरबास्थित कार्यालय पुगेर नव नियुक्त प्रधानमन्त्री सुशील कोइरालाले पदभार ग्रहण गरेका छन् । कार्यालय जानु अघि सहिद गेट पुगेर सहितप्रति श्रद्धाञ्जली व्यक्त गरेका उनलाई मुख्य सचिव लिलामणी पौडेललले प्रधानमन्त्री कार्यालयमा स्वागत गरे । पहिलो निर्णयको रुपमा उनले ५ हजार भन्दा बढी भुक्तानी दिनु पर्दा तीन दिन वेवसाईटमा सार्वजनिक गरेपछि मात्रै दिनुपर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
संसद्को दुई तिहाई बहुमतबाट हिजो प्रधानमन्त्री निर्वाचित कोइरालाले आजै राष्ट्रपतिसमक्ष सपथ खाएका हुन् । सपथ ग्रहणलगत्तै उनले बिना बिभागीय मन्त्रीको रुपमा कांग्रेस नेता रामशरण महतलाई सपथ खुवाएका थिए ।
हिजो प्रधानमन्त्री हुनु अघि नै कोइरालाले सुशासनको प्रतिबद्धता जनाएका थिए । उनले एक बर्षभित्र संबिधान घोषणा गर्ने र ६ महिनाभित्र स्थानीय निर्वाचन गराउने प्रतिबद्धता जनाएका छन् ।
EKANTIPUR