काठमाडौं, माघ २९ – त्रिभूवन विश्वविद्यालय कार्यकारी परिषदले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिनमा डा. राकेशप्रसाद श्रीवास्तवलाई नियुक्त गरेको छ ।
बुधबार साँझ बसेको बैठकले चिकित्साशास्त्र अध्ययन संस्थानका बरिष्ठ प्राध्यापक श्रीवास्तवलाई डिन नियुक्त गरेको हो ।
बरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने माग गर्दै प्रा.डा. गोविन्द केसी अनसनमा बसेका छन् ।
परिषद् बैठकले शिक्षण अस्पतालका निमित्त निर्देशक डा. रतिन्द्र श्रेष्ठलाई पनि बर्खास्त गरेको छ । डा. भगवान कोइरालाले राजीनामा दिएपछि श्रेष्ठलाई निमित्तको जिम्मा दिएको थियो ।
EKANTIPUR