अमेरिकाका दक्षिणी / उत्तरपूर्वी राज्यहरु भीषण आँधीको मारमा

अमेरिकाका दक्षिणी राज्यहरु समुद्री आँधीको प्रभावबाट मुक्त नहुँदै उत्तरपूर्वी राज्यहरु भीषण आँधीको मारमा परेका छन् । टेक्सस लगायतका २२ राज्यमा आँधीका कारण १० जनाको मृत्यु भएको छ ।
वासिङटन र बोस्टनमा ८ इन्चसम्म हिउँ जमेपछि यातायात सेवा प्रभावित भएको छ । आँधीका कारण ५० लाख मानिस विद्युत सेवाबाट बञ्चित भएका छन् भने ३३ सय हवाई उडान रद्द गरिएका बीबीसीले जनाएको छ ।
राजमार्गमा हिउँ जमेकाले हजारौं सवारी साधन फसेका छन् । मौसमविद्हरुले एटलाण्टा राज्य सन् १९७३ पछिकै भीषण आँधीको चपेटामा परेको जनाएका छन् । AGENCIES