काठमाडौं, फाल्गुन २ । केही दिनयता बढेको चिसोका कारण पूर्वाञ्चलका उच्च पहाडी क्षेत्रमा हिमपात सुरु भएको छ ।
संखुवासभाको सभापोखरी, गुफापोखरी लगायतका आधा दर्जन उच्च पहाडी गाविसमा हिउँ परेपछि जनजीवन कष्टकर बनेको छ ।
यस्तै, ताप्लेजुङ्ग, तेह्रथुम र संखुवासभाको संगमस्थल तीनजुरे, जलजले र मिल्मे क्षेत्रमा तीन फिटसम्म हिउँ परेको स्थानीयबासीले जानकारी दिएका छन् ।
उता, पाँचथर तथा इलामका उच्च क्षेत्रमा पनि हिउँ परेको हाम्रा संवाददाताहरुले जनाएका छन् । Imagechannels