एमाओवादीले आफ्ना ८० सांसदहरूबाट मासिक १२ हजार रुपैयाँ लेबी लिने

काठमाडौं , फाल्गुन २ – एमाओवादीले आफ्ना ८० सांसदहरूबाट मासिक १२ हजार रुपैयाँ लेबी लिने भएको छ । सभासदले निजी सचिवको तलबबाहेक मासिक करिब ६० हजार रुपैयाँ पाउने छन् ।
सांसद अग्नि सापकोटाका अनुसार दलको कार्यालयमा शुक्रबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी बदनाम हुँदै गएको भन्दै परिवारभित्रबाट निजी सचिव नराख्न सांसदहरूलाई निर्देशन दिए । संसदीय दलको विधान मस्यौदा तयार पार्न सांसद हितराज पाण्डे र सांसदको आचारसंहिता मस्यौदा बनाउन डोरप्रसाद उपाध्यक्षलाई जिम्मा दिइएको छ ।
यसैबीच पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता बाबुराम भट्टराईले कूटनीतिक नियोगका बाहेक पाँचतारे होटलमा हुने कार्यक्रममा नजाने निर्णय गरेको उनका स्वकीय सचिव विश्वदीप पाण्डेले जनाएका छन् ।
 EKANTIPUR
प्रकाशित मिति: २०७० फाल्गुन २