चौथोपटक आमरण अनशन बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडे

आफ्ना माग सम्बोधन गर्न सरकार तयार भएपछि चौथोपटक आमरण अनशन बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले शनिबार दिउँसो अनशन तोडेका छन् ।
शुक्रबार र आज सरकारसँग भएको वार्ता सहमतिमा पुगेपछि केसीले ८ दिन लामो अनशन तोडेका हुन् ।
 
त्रिवि पदाधिकारीहरुले चार मेडिकल कलेजको सम्वन्धनबारे छानविन गर्न अख्तियारलाई निर्देशन दिने सहमति दिनेबारेमा सरकारका मुख्यसचिव लीलामणि पौडेलसहितको सरकारी टोलीसँगको चिकित्सकहरुको टोली वार्तामा बसेको थियो।
 
वार्ताबाट त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानलाई स्वायत्त बनान २१ दिनभित्र त्रिवि सभा बोलाउने, चार मेडिकल कलेजको सम्वन्धनबारे छानविन गर्न अख्तियारलाई निर्देशन दिनेलगायत छ बुँदे मागमा सहमति भएको हो ।
 
टिचिङ्का डाक्टर दिनेशविनोद पोखरेल, चोपलाल भुषाल, सापकोटा र नवनियुक्त डिन राकेश श्रीवास्तवको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव लिलामणी पौडेल नेतृत्वको सरकारी टोलीसँग वार्ता बसेको थियो ।
 
शुक्रबार साँझ भएको वार्ताबाट सहमतिअनुसार सरकारले त्रिवि पदाधिकारीबाट अवैध रूपमा सुरु गरिएको चार मेडिकल कलेजको सम्बन्धनबारे छानबिन गर्न अख्तियारलाई निर्देशन दिने, आइओएमलाई स्वयत्तता दिन २१ दिनभित्र विश्वविद्यालय सभा बोलाउने, आइओएमले तयार पारेको स्वायत्ततासम्बन्धी प्रस्ताव त्यही सभाबाट पास गराउनेलगायतका ६ बुँदे लिखित प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरेपछि डा. केसी अनसन टुंग्याउन राजी भएका हुन् ।
प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार बिहानै त्रिवि पदाधिकारीलाई बोलाएर केसीले उठाएका मागका बारेमा विश्वविद्यालय सभा बोलाएरै भए पनि आइओएमलाई स्वयत्तता दिन त्रिवि पदाधिकारीलाई निर्देशन दिएका थिए।  त्रिवि उपकुलपति हीरबहादुर महर्जनले प्रधानमन्त्रीको निर्देशन पाए विशेष सिनेट बोलाउन सक्ने तर अहिलेको ऐनअनुसार त्रिविसँगको पूरा सम्बन्ध टुट्नेगरी आइओएमलाई स्वयतत्ता दिन नसक्नेबारे कुलपतिलाई जानकारी गराएका थिए।
आन्दोलनरत चिकित्सक केसीले विद्यार्थी, चिकित्सक, कर्मचारीलगायतकाले सरकार आफ्नो मागमा सकारात्मक रहेको भनेकाले आज अनसन तोड्ने बताए ।
यसअघि प्रधानमन्त्री सुशील कोइरालाको २४ घन्टे निर्देशनबाट त्रिविले नियुक्त गरेका डिन प्रा.डा. राकेशप्रसाद श्रीवास्तवले शुक्रबार अनशनस्थलमै पुगी डा.केसीसँग सल्लाह लिएपछि मात्र उनले पद बहाली गरेका थिए। डा. गोबिन्द केसी संस्थानमा मेडिकल माफिया, राजनीतिक हस्तक्षेप र भागबन्डामा नियुक्तिको विरोधमा एक सातादेखि अनशनरत छन् । setopati