भारतको माथिल्लो सदन राज्यसभाद्धारा तेलंगाना राज्य घोषणाको विधेयक पारित

भारतको माथिल्लो सदन राज्यसभाले पनि तेलंगाना राज्य घोषणाको विधेयक पारित गरेको छ । हिजो राज्यसभामा ब्यापक होहल्ला र विरोधकाबीच तेलंगाना राज्य घोषणा विधेयक पारित भएको हो ।
यसअघि लोकसभामा सो विधेयकमाथि मतदान हुँदा ब्यापक विवाद भई लोकसभाको प्रत्यक्ष टेलिभिजन प्रसारण समेत बन्द गरिएको थियो । भारतीय कांग्रेस आइले तेलंगाना राज्य घोषणाबाट आफ्नो पार्टीलाई फाइदा पुग्ने आंकलन गर्दै प्रस्तावको पक्षमा अडान लिंदै आएको थियो भने भारतीय जनता पार्टीलगायतका दलहरु विरोधमा थिए ।
तेलंगाना राज्य घोषणाको विरोधमा आन्ध्र प्रदेशका मुख्यमन्त्री किरणकुमार रेड्डीले कांग्रेस पार्टी र मुख्यमन्त्रीको पदबाट समेत राजीनामा दिएका छन् । (एजेन्सी)