विराटनगर, फाल्गुन ९ । नेकपा-माओवादीका महासचिव रामबहादुर थापाले अहिलेको संविधानसभाले जनभावना अनुसारको संविधान दिन नसक्ने दाबी गरेका छन् ।
मोरङको लक्ष्मीमार्गमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेको संविधानसभाले राज्यको एकीकरण गर्न सक्ने खालको भन्दा पनि जनविरोधी संविधान निर्माण गर्ने धारण राखे ।
२०४७ सालको संविधान ब्युँताउने कार्यमा दलहरु लागेको भन्दै थापाले त्यसलाई रोक्न आप्mनो पार्टी आन्दोलनमा उत्रिने बताए । IMAGECHANNELS