प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची १० फागुन २०७०। नेपाल प्रेस युनियन अर्घाखाँची शाखाको छैठौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले पुन सुर्यप्रसाद भुसालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समितिको गठन गरेको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा मायाँ भुसाल, उपाध्यक्षमा ताराप्रसाद खनाल, सचिवमा नेत्रप्रसाद मरासिनी, सहसचिवमा रुद्रमणि भुसाल र कोषध्यक्षमा अशोक पौडेल निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा लक्ष्मण घिमिरे, अम्विका श्रेष्ठ, सरिता भुसाल, इन्द्र रेग्मी, छविलाल भुसाल, सुरज रायमाझी, नारायण पोख्रेल, विष्णु खनाल र सुदन पौडेल रहेका छन् ।
उदघाटन शत्रलाई सम्वोधन गर्दैै प्रेस युनियनका केन्द्रिय महासचिव शिव लम्सालले पत्रकारहरुका समस्या समाधान गर्न राज्यले विशेष ध्यान दिनुपर्ने बताए । उनले देशका धेरै श्रमजिवि पत्रकारहरुले परिश्रमिक नपाएको भन्दै यसका लागि प्रेस युनियनले जोड दार आवाज उठाउँने बताए । उनले पत्रकारहरुले कसैको प्रलोभनमा नपरि स्वतन्त्र रुपमा कलम चलाउँनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति कमलप्रसाद भुसाल, सहायक प्रमुख जिल्ला अधिकारी भेषराज खनाल, नेपाली कांग्रेसका जिल्ला सचिव वासुदेव आचार्य, प्रेस युनियनका पुर्व केन्द्रिय सदस्य विष्णु भुसाल, प्रेस युनियन रुपन्देहीका अध्यक्ष विक्रम खडका, नेपाल पत्रकार महासंघका सचिव प्रेमनारायण आचार्य, नेपाल निजामती कर्मचारी संघका अध्ययक्ष गोविन्द पौडेल, लगायतले बोलेका थिए ।
अधिवेशनले नौं जना केन्द्रिय पार्सदको चयन गरेको छ । पार्सदहरुमा विष्णुप्रसाद भुसाल निमबहादुर रिजाल, वीरेन्द्र के.सी, प्रेमनारायण आचार्य, विष्णु आचार्य, रामकुमार क्षेत्री, राजेन्द्र पाख्रेल, शान्ता खासु रहेका छन् ।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।