कांग्रेस र एमालेले संविधानसभाको उपाध्यक्षमा तेस्रो दल एमाओवादीलाई सघाउने भएका छन्।
एमाओवादीले केन्द्रीय सदस्य ओनसरी घर्तीलाई उम्मेदवार बनाउने सम्भावना छ।
ग्राण्डी अस्पतालमा बसेको एमाले स्थायी समिति वैठकले तेस्रो दललाई सम्मान गर्दै उपाध्यक्षमा माओवादीलाई सघाउने निर्णय गरेको हो।
‘उपाध्यक्षमा माओवादीलाई सघाउने निर्णय भयो,’ एमाले सचिव शंकर पोखरेलले सेतोपाटीलाई भने।
एमाओवादीले भने उपाध्यक्षमा उम्मेदवारी दिने/नदिने विषयमा अझै टुङ्गो लगाएको छैन।
‘भोलि पार्टीमा छलफल हुन्छ,’ पोलिटव्यूरो सदस्य राम कार्कीले भने, ‘त्यसपछि मात्र अरु दलसँग वैठक गरिन्छ।’
एमाओवादीभित्र उपाध्यक्षमा जाने/नजाने विषयमा नेताहरुबीच फरक मत छ । SETOPATI