पाकिस्तानमा सेनाले गरेको हवाई कारबाहीमा कम्तिमा ३० जना लडाकू मारिए

पाकिस्तानमा सेनाले गरेको हवाई कारबाहीमा कम्तिमा ३० जना लडाकू मारिएका छन् । शंकास्पद लडाकूहरु लुकिरहेको आशंकामा उत्तरी वजिरिस्तानको आदिवासी क्षेत्रमा सेनाले लडाकू विमानबाट आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् ।
दक्षिणी वजिरिस्तानमा पनि सेनाले आक्रमण गरिरहेको छ । हिजो मात्र उत्तरी वरिजिस्तानमा पाकिस्तानी तालिवान कमाण्डर अस्मातुल्लाह शाहेनको हत्या भएको थियो ।
तालिवानले २३ जना पाकिस्तानी सेनाको हत्या गरेपछि सरकारसँगको अर्को चरणको वार्ता अवरुद्ध भएको छ । (एजेन्सी)