काठमाडौं, फाल्गुन १३ । व्यवस्थापिका संसदले आर्थिक अध्यादेश २०७० तथा सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट रकम झिक्ने र खर्च गर्ने अधिकारको व्यवस्था गर्ने अध्यादेश-२०६९ लाई पारित गरेको छ ।
व्यवस्थापिका संसदको आजको बैठकले दुई अध्यादेश पारित गरेको हो ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका सभासद प्रेम सुवालले आर्थिक अध्यादेशलाई स्वीकृत नगरियोस् भनेर राखेको प्रस्ताव बहुमतबाट अस्वीकृत भएको थियो ।
सभासद सुवालले आर्थिक अध्यादेशमा विलासिताका वस्तुलाई आयात गर्दा न्यून कर लगाइएको भन्दै प्रस्ताव अस्वीकृत गर्न माग गरेका थिए ।
संसदको अर्को बैठक फाल्गुन १९ गते बस्ने छ । IMAGECHANNELS